कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण मर्नेको संख्या १२ हजार नाघ्दा युरोपमा मात्र ५ हजारले ज्यान गुमाएका छन्।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार करिब ३ लाख व्यक्ति कोरोनाका संक्रमणबाट प्रभावित छन् भने ९१ हजार ५ सय पूर्ण स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्।
इटालीमा शनिबार मात्र थप ७९३ जनाको निधन भएको छ। एक महिनाको दौरान दोस्रो पल्ट २४ घण्टाभित्र सर्वाधिक व्यक्तिले ज्यान गुमाएका हुन्। इटालीमा ४ हजार ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै, स्पेनमा १३ सय पुगेको छ। इरानमा पनि १५ सयले ज्यान गुमाइसकेका छन्।