इथियोपिया विमान दुर्घटना: बोइङ चालकहरूले 'प्रयास गरे तर जोगाउन सकेनन्'

तस्वीर: गेट्टी इमेज

गत महिना दुर्घटनाग्रस्त भएको इथियोपियन एअरलाइन्सको विमान भुइँमा बजारिनुअघि त्यसको चुच्चो धेरै चोटि तलतिर सोझिएको एउटा प्रारम्भिक प्रतिवेदनले बताएको छ। सो दुर्घटनाबारे प्रकाशित पहिलो प्रतिवेदनमा विमानलाई जोगाउन चालकहरूले बारम्बार बोइङले सिफारिस गरेका विधिहरू अवलम्बन गरेको उल्लेख छ।

तर प्रयास गरे पनि उनीहरूले विमानलाई नियन्त्रणमा राख्न नसकेको इथियोपियाका यातायात मामिलामन्त्री डाग्मवित मोगेसले बताइन्। आदिस अबाबाबाट उडेको विमान ईटी ३०२ केही मिनेटमै दुर्घटनामा पर्दा १५७ जनाको मृत्यु भएको थियो। तीमध्ये एक नेपालकी एकता अधिकारी पनि थिइन्।

गत अक्टोबर महिनामा इन्डोनेशियामा पनि भएको दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो। आदिस अबाबामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा यातायात मामिलामन्त्रीले भने, "चालकदलले विमाननिर्माताले उपलब्ध गराएका सबै विधि अवलम्बन गरे तर उनीहरूले विमानलाई नियन्त्रणमा राख्न सकेनन्।"

इथियोपियामा भएको दुर्घटनापछि संसारभरि ७३७ म्याक्स मोडलका सबै विमानका उडानहरू स्थगित गरिएको छ। त्यसबाट कम्तीमा तीन सयवाट विमान प्रभावित भएका छन्...

प्रकाशित मिति: : 2019-04-04 22:32:35

प्रतिकृया दिनुहोस्