फ्याक्ट चेक : कति सत्य हो नर्भिक र शिक्षण अस्पतालबारेको अडियो?

दुवै अस्पतालमा कोरोना आशंकित बिरामी भर्ना नै भएका छैनन्

थाहा खबर

काठमाडौं

शनिबार बिहानैदेखि एक मिनेटको अडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट भाइरल भइरहेको छ। सरकारले देशलाई शुक्रबारबाट 'सेमी लकडाउन'मा लगेको अवस्थामा फैलिएको यो अडियोका कारण सर्वसाधरण त्रसित भइरहेका छन्।  एकजना युवकले हिमाल नामका आफ्ना साथीलाई महत्वपूर्ण समाचार सुनाउने भन्दै यो अडियो रेकर्ड गरेको सुन्न सकिन्छ। उनले यो अडियोमा नर्भिक अस्पतालमा उपचाररत कोरोना भाइरस आशंकित ९ जना बिरामीमध्ये ६ जनाको रिपोर्ट पोेजेटिभ आएको उल्लेख गरेका छन्।
 

प्रकाशित मिति: : 2020-03-22 02:24:09

प्रतिकृया दिनुहोस्