नेपालीहरूको बाक्लो बसोबास रहेको अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। अमेरिकी पूर्वी समय अनुसार शुक्रबार साँंझसम्म यहाँ ४२ जनाको निधन भैसकेकोछ भने ८२९९सक्रमित भएका छन्। आजै मात्र न्युयोर्कमा थप ८ जना मानिसको मृत्यु भएको हो ।
न्युयोर्कमा बढ्दो कोरोना भाइरस कहरसँग जुध्न आइतबार साँझदेखि न्युयोर्क राज्य ठप्प गरिने भएको छ। यो निर्णय राज्का गभर्नर एन्ड्रयु कुमोले गरेका हुन्।
उनले लिएको नयाँ निर्णय अुनसार अत्यावश्यक बाहेकका सबै व्यापार/व्यवसाय बन्द गरिने छन्। यस्ता व्यापार/व्यवसायमा काम गर्ने सबैले बस्नु पर्ने छ । यस्तो आदेशको उलंघन गर्ने ब्यापारी/व्यवसायीलाई ठूलो जरिवाना र कानुनी कारवाही गरिने छ।
नेपालीहरूको बाक्लो बसोबास रहेको अमेरिकाको न्युयोर्क राज्य आइतबार साँझदेखि 'पज' हुनेभएको छ। पछिल्लो समय न्युयोर्क राज्य कोरोना भाइरस संक्रमणको केन्द्र बनेपछि राज्यका गभर्नर एन्ड्रयु कुमोले यस्तो घोषणा गरेका हुन्। यो समाचार तयार पारिरहेको बेला न्युयोर्क राज्यमा ४२ जनाको निधन र ८२९९ सक्रमित भैसकेका छन्।
न्युयोर्क राज्यको सूचीमा सुपरमार्केट, ग्रोसरी स्टोर, बिग बक्स स्टोर, फार्मेसी, कन्भिनेन्स स्टोर, फोहोर संकलन, हेल्थकेयर, डेकेयर सेन्टर, हार्डवेयर स्टोर, ग्यास स्टेशन, गाडी मर्मत केन्द्र, बैंक, हुलाक, लण्ड्री, पशु अस्पताल र क्लिनिक अत्यावश्यक व्यापार/व्यवसायमा पर्छन् । तर, रेष्टुरेण्ट, बार, सिनेमाघर, मनोरञ्जनस्थल, जिम, शैलुन, स्पा, म्युजियम, क्यासिनो, सपिंग मल, खेलकुद र कन्सर्टस्थल यस्तो सूचिमा पर्दैनन्।
गभर्नर कुमोले यसलाई लकडाउन नभनेर पज भनेका छन्। उनकै शव्दमा न्युयोर्क आइतबारदेखि पज हुने छ। यसअघि क्यालिफोर्निया राज्य लक डाउन गर्ने कार्यकारी आदेश त्यहाँका गभर्नरले जारी गरिसकेका छन्।
न्युयोर्क पज भएपछि यहाँको ठूलो नेपाली डायस्पोरा कोरोना कहरको गम्भीर चपेटामा पर्ने छ। उनीहरूका व्यवसाय चौपट त हुने नै छन्, पेचेकमा बाँच्ने नेपालीका लागि हात मुख जोड्न पनि समस्या आइपर्ने निश्चित छ।