कोरोना महामारीबाट युवाहरु मुक्त छैनन्: विश्व स्वास्थ्य संगठन

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड १९का कारण संसारभरि नै ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७६ पुगेको छ। कोरोनाका कारण सबैभन्दा क्षति इटालीले व्यहोरिरहेको छ। इटालीमा गत २४ घन्टामा कोरोनाले ६२७ को ज्यान लिएको छ।

एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ। इटालीमा ४७ हजार २१ लाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोनाका कारण इटालीमा ज्यान गुमाउने व्यक्तिहरुको औषत आयु ७८ं.५ वर्ष छ।

स्वास्थ्य संगठनले युवाहरुमा कोरोनाको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ।

युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोनासबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले चेतावनी दिएको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन् ‘युवाहरुले चयन गरेका व्यवहारले कसैका लागि पनि जीवन र मरणबीचको अन्तर हुन सक्छ।’

विश्व स्वास्थ्य संगठनको यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला अधिकांश देशका युवा स्वास्थ्य चेतावनीलाई लिएर चिन्तित नरहेको रिपोर्ट सार्वजनिक भएको थियो। ती रिपोर्टहरुमा केबल बयस्कहरुलाई मात्रै कोरोना भाइरसको जोखिम बढी रहेको उल्लेख छ।

तर जेनेभास्थित विश्व स्वास्थ्य संगठनको मुख्यालयबाट बोल्दै महानिर्देशकले भने ‘बृद्धहरुमा यसको अधिक प्रभाव छ तर युवाहरु पनि यसबाट बचेका छैनन्।’

उनले भने, ‘तपाईहरु जोखिममुक्त हुनुहुन्न। यो भाइरस तपाईलाई हप्तौँका लागि अस्पताल पुर्‍याउन सक्छ र ज्यान पनि लिन सक्छ। यदि तपाईँ बिरामी नभए पनि कसैको लागि जीवन र मरणको कारक बन्न सक्नुहुन्छ।’

अनुसन्धानबाट पत्ता लागेको छ कि यो भाइरसले सबै उमेर समूहका मानिसमा संक्रमण पैदा गर्न सक्छ र खासगरी उमेर पुगेका र रोगी व्यक्तिहरुलाई अझ खतरनाक बन्न सक्छ।

प्रकाशित मिति: : 2020-03-21 19:54:33

प्रतिकृया दिनुहोस्