लागुऔषधसहित दुई जना पक्राउ

प्रहरीले लागुऔषधसहित झापाका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क र बिर्तामोड नगरपालिका–५ बाट एक-एक जना पक्राउ परेका हुन् ।

काँकडभिट्टास्थित लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ का १९ वर्षीय आलम खानलाई पक्राउ गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उनको साथबाट लागुऔषध डाइजोपाम, फेनारगन र लुपीजेसिक १७-१७ एम्पुल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाका प्रहरी नायव निरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-04-04 21:06:29

प्रतिकृया दिनुहोस्