कोरोना भाइरसको संक्रमणविरुद्ध मानव शरीर कसरी लड्‍छ ?

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसका विरुद्ध मानव शरीरले कसरी प्रतिरोध गर्छ भन्नेबारे अध्ययन गरेका छन्। उनीहरुको सोध नेचर मेडिसीन जर्नलमा प्रकाशित भएको छ।

कोरोना संक्रमण भएर पनि मानिसहरु निको भएर फर्किरहेका छन्। यसलाई हेर्दै वैज्ञानिकहरुले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमताले कसरी भाइरसबारे लड्छ र हराउँछ भन्नेबारे अध्ययन गरेका हुन्। उनीहरुको यो अनुसन्धानले कोरोनाको भ्याक्सीन पत्ता लगाउन सहयोग हुने बताएका छन्।

'यो अध्ययनको उदेश्य ति कोसिकाबारे जान्नु थियो जसले भाइरसलाई टक्कर दिइरहेका छन्', शोधकर्ताहरुले भनेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म १५९ देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस संक्रमण १,८४,९७६ जनामा पुष्टि भइसकेको छ। यसका कारण ७५ सय मानिसले ज्यान गुमाइसकेका छन्।

अनुसन्धानमा सहभागि प्रोफेसर क्याथरीन केडजिएस्काले भनेका छन्, 'यो एक महत्वपूर्ण खोज हो। किन भने हामीले पहिलो पटक रोग प्रतिरोधात्मक शक्तिले कोरोना भाइरसविरुद्ध कसरी लड्छ भन्ने पत्ता लगाएका छौं।'

मेलवर्नको पीटर डोहर्टी इन्सीच्युट फर इन्फेक्सन एण्ड कम्यूनिटीका अनुसन्धानकर्ताको यो प्रयासको अन्य शोधकर्ताहरुले पनि प्रसंशा गरेका छन्।

 

प्रकाशित मिति: : 2020-03-19 03:06:53

प्रतिकृया दिनुहोस्