ठगी गरेको आरोपमा काठमाडौंको गंगबुबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका(४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन्।
वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई सोमबार गंगबुबाट पक्राउ गरेको हो।
मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको महाशाखाले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको महाशाखाले जनाएको छ।