अन्नपूर्ण पोष्ट
कोरोना भाइरस संक्रमण भए–नभएको जाँच एवं घाँटीको र्याल (थ्रोट स्वाव) संकलन गर्दा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सकिन लागेको छ । दुई महिनायता एक हजार भन्दा बढी पीपीई सेट प्रयोगमा आइसकेको छ । पीपीईमा स्वास्थ्यकर्मी एवं अन्य सहयोगीले लगाउने विशेष खालको सुरक्षित सामग्री (गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट)लगायतका सामग्री हुन्छन् । पीपीई पुनः प्रयोग गर्न नमिल्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिए ।
चीनको उहानबाट उद्धार गरिएका १ सय ७५ नेपाली र आइसोलेनमा राखेर उपचार गराइएका स्वदेशी एवं विदेशीको घाँटीको र्याल (थ्रोट स्वाव) संकलन र स्वास्थ्य जाँचका क्रममा पीपीई प्रयोग गरिएको थियो । त्यस्तै, एम्बुलेन्स चालक, फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिले पनि पीपीई प्रयोग गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । कामका क्रममा हुने स्वास्थ्य खतरा (अकुपेसनल हाजार्ड) बाट जोगिन स्वास्थ्यकर्मीले पीपीई पहिरिनु पर्ने डब्लुएचओको मापदण्ड छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म ४ सय ६४ जनाको स्वाव परीक्षण गरिएको छ । ४८ जनालाई आइसोलेसन कक्षमा राखेर डिस्चार्ज गरिएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा.अनुप बास्तोलाले जानकारी दिए । उनले भने, ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने हुन्छ । आइसोलेसनमा बसेका बेला स्वास्थ्यकर्मीलाई पीपीई आवश्यकता पर्छ ।’
शुक्रराज अस्पताल स्वास्थ्य परीक्षण गराएका मध्ये एक जनामा भाइरस पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका ती व्यक्ति अहिले स्वस्थ रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले खरिद गरेको ६ सय पीपीई सेट सकिएपछि गत साता डब्लुएचओले एक हजार सेट उपलब्ध गराएको थियो । तीमध्ये पनि अहिले ९ सय मात्र बाँकी छ ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया