नायिका नेहा धुपियाका श्रीमान् अंगद बेदीले आफ्नो ५ प्रेमिका रहेको बताएका छन्।
नेहा सामाजिक संजालमा ट्रोलको शिकार भएपछि उनले सो कुरा बताएका हुन्।
अंगदले सामाजिक संजालमा नेहासँगका ५ वटा फरक–फरक तस्वीर शेयर गर्दै लेखेका छन्–‘मेरो कुरा सुन। यहाँ मेरा ५ जना प्रेमिका छन्। जसलाई जे गर्नुछ गर।’
नेहाले हालै मात्र एक रियालिटी शोमा एक महिला प्रतिस्पर्धीको समर्थनमा बोलेको बयानलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्।
कार्यक्रममा एक प्रतियोगीले भनेका थिए- मेरी प्रेमिका म सँगसँगै अर्को एक पुरुषसँग पनि सम्बन्धमा रहेछिन्। त्यो थाहा पाएपछि मैले उसलाई पिटे।
प्रतियोगीको कुरा सुनेपछि नेहा आक्रोशित भइन्। जवाफमा भनिन्,'त्यो महिलाको इच्छाको कुरा हो। तिमीलाई उप्रति हिंसात्मक हुने कुनै अधिकार थिएन।'
त्यसपछि नेहा र उनको सम्बन्धमाथि विभिन्न टिका टिप्पणी भए।