विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड–१९को परिक्षण गर्नका लागि मोरङमा ‘हेल्पडेक्स’ स्थापना गरिएकाे छ। धनपालथान गाउँपालिका-३ स्थित मायाँगञ्माको सीमा नाकामा हेल्थडेक्स तथा सहायता केन्द्रको स्थापना गरिएको हाे।
भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकाद्वारा मायागंजको सिमानामा कोरोना संंक्रमणको शंकास्पद व्यक्तिहरुको लागि सहायता केन्द्र स्थापना गरेको हो। उक्त हेल्थ डेक्स स्थापनाका लागि धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिहं, ससस्त्र प्रहरी बिओपि,मायाँगञ्जका बिराज भट्ट , ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, बडा अध्यक्ष ,स्थानीय लगायतको उपस्थिति समेत रहेको छ।
भारतमा कोरोना भाइरसको सक्रमण भएको बिरामी भेटिएपछि हेल्थडेक्स स्थापना गरिएको हरिलाल सिहले बताए। भारतीय नागरिक नेपाल प्रवेश गर्न लागेको बेला कोरोना संक्रमित भएको लक्षण देखिए नेपालतर्फ प्रवेशमा रोक लगाउने र नेपाली नागरिकमा लक्षण भेटिए सम्बन्धित ठाउँमा उपचार गर्न पठाउने उद्धेश्यका साथ हेल्थडेक्स स्थापना गरिएको उनले बताए।