काठमाडौंस्थित अमेरिकी दूताबासद्वारा भिसा अन्तर्वार्ता रद्द

नेपालस्थित अमेरिकी दूतावासले सबै खाले भिसाका अन्तर्वार्ताको एपोइन्टमेन्ट रद्द गरिदिएको छ। चैत ४ गते मंगलबारदेखि लागु हुने यो व्यवस्था अनिश्चितकालका लागि हो । दूताबासलेले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाए पनि त्यसको मितिबारे भने केही उल्लेख गरेको छैन ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण देखाउँदै अमेरिकी दूतावासले यो निर्णय गरेको हो। अमेरिकामा अहिले संकटकाल लगाइएको छ। र चाँडै नै अमेरिका लकडाउन हुने दिशाा अगाडि बढेकाले दूताबासले यस्तो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ।

काठमाडौंस्थित अमेरिकी दूताबासले चैत ४ गते मंगलबारदेखि लागु हुने गरी सबै खाले भिसाको अन्तर्वार्ता रद्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणका कारण राष्ट्रिय संकटकाल घोषणा गरिएको अमेरिका चाँडै नै 'लकडाउन'मा जाने सम्भावना भएकाले यस्तो निर्णय गरिएको अनुमान गरिएको छ।

दूताबासको यो नयाँ निर्णयबाट डाइभर्सिटी भिसा, भिजिटर भिसा, विद्यार्थी भिसा लगायतका सबैखाले  गैरआप्रवासी भिसाका अपोइन्टमेन्ट रद्द भएका हुन्। तर, मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु भने  लिन सकिने दूताबासले जनाएको छ । तर, त्यसका लागि तत्काल दूतावासमा सम्पर्क गर्नु वा दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ।

दूताबासले जनाएअनुसार यसअघि नै बुझाएको एमआरपी शुल्क भने मान्य हुने छ । र, यस्तो शुल्क तिरिसकेकाले भिसा खुलेपछि एकवर्षभित्र नयाँ अपोइन्टमेन्ट लिन सकिने दूताबासले जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-03-17 16:31:36

प्रतिकृया दिनुहोस्