पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

प्रकाशित मिति: : 2020-03-17 08:47:51

प्रतिकृया दिनुहोस्