नेपालमा कोरोना फैलिँदैन !

डा. शेरबहादुर पुन

शीर्षक पढ्नेबित्तिकै धेरैले पहिला अचम्म मान्नेछन्, त्यसपछि अविश्वास गर्नेछन् र केहीले आलोचना पनि गर्नेछन्। सुरुमा चीनमा देखापरेको यो भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्यय संगठन (डब्ल्युएचओ)ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।

पछिल्लो समय यो भाइरस सबैभन्दा बढी इटाली र इरानमा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। अमेरिका पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन। हालसम्म १२० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ, जसमा हाम्रो देश नेपाल पनि पर्छ। तर अचम्म के छ भने औंलामा गन्न सकिने देशमा मात्र यसको भयावह स्थिति सिर्जना भएको देखिन्छ। केही मुलुकमा भने यो भाइरसको संक्रमण सुस्त गतिमा फैलिरहेको वा नियन्त्रणमा रहेको देखिन्छ, जस्तै ः सिंगापुर, हङकङ, कोरियाजस्ता देशले सुरुवाती अवस्थामै युद्धस्तरमा नियन्त्रणका उपाय अपनाएर यो भाइरसलाई तीव्र्र गतिमा फैलिन वा नियन्त्रणभन्दा बाहिर जानबाट रोकेको देखिन्छ भने चीनले ठूलो मिहिनेत यसलाई नियन्त्रणमा लिएको देखिन्छ।

प्रकाशित मिति: : 2020-03-17 05:25:36

प्रतिकृया दिनुहोस्