शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालय सञ्चालन गर्न समय हेरफेर गर्ने प्रस्ताव गरेको छ।
ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।
अहिले सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन्। उनका अनुसार अब बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म गर्नको लागि प्रस्ताव गरिएको हो।
केही निजी विद्यालयले विद्यार्थीलाई टाढाटाढाबाट बसमा ल्याउने गरेकाले कार्यालय जाने र फर्कने समयमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।