पोर्चुगलमा दुई नेपाली कामदारमा कारोना भाइरस (कोभिड–१९ं) को संक्रमण पुष्टी भएको छ।
राजधानी लिजवनदेखि २ सय ५० किलोमिटर दक्षिणी भागमा पर्ने फारोस्थित एउटा कृषि फर्ममा काम गरिरहेका दुई नेपालीमा कारोनाको संक्रमण पुष्टी भएको पोर्चुगलको टेलिभिजन एसआइसीले जानकारी दिएको हो।
कृषि पेशामा संलग्न यी दुई नेपालीमा संक्रमणको पुष्टी भएपछि उनीहरूसँग सम्पर्कमा रहेका बाँकी ७४ नेपालीलाई १४ दिनको क्वारेन्टाइनमा पठाइएको छ। पाेर्चुगलमा हालसम्म २ सय ४५ संक्रमण पुष्टी भएका छन्।