कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणको आशंका गरिएका बुटवलका युवामा युवाकाे रिपोर्ट ‘नेगेटिभ’ पाइएको छ।
२१ वर्षका ती युवामा कडा खालको निमोनिया देखिएको र उनको सम्पर्कका कारण कोरोनाको संक्रमण हुनसक्ने आशंका चिकित्सकहरूले गरेका थिए। ती दिनअघि भर्ना गरिएका युवामा कोरोना संक्रमणको आशंकामा आइसोलेशन बेडमा राखेर उपचार थालिएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले उनको नमुना परीक्षण गर्दा संक्रमणको पुष्टि नभएको जानकारी दिए।
उनका अनुसार केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको संक्रमण नभएको पुष्टि गरे हो।
अहिले ती युवाको स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिए।