कतारमा सबै अन्तर्राष्ट्रिय उडान रोक, सार्वजनिक सवारीसमेत बन्द

आगामी बुधबार साँझदेखि कतारले दुई साताका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ।  कतार ट्रान्जिट पारेर विश्वका विभिन्न मुलुकमा यात्रा गर्न भने छुट दिने भएको छ।

यो अवधिमा कतार बाहीर रहेका कतारी नागरीकहरु भने कतार भित्रिन सक्नेछन्।

त्यस्तै आजबाट सम्पूर्ण सार्वजनिक सवारी (रेल, कार्वा बस) साधन पनि बन्द गरिएको कतारको गृह मन्त्रालयले जनाएको छ।

कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रका झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ।

प्रकाशित मिति: : 2020-03-16 20:28:42

प्रतिकृया दिनुहोस्