ईलाका प्रहरी कार्यलय रंगेलीले चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वि मोरङको शान्ति शुव्यवस्था सुदृढ हुन थालेको छ। प्रहरी कार्यलय रंगेलीले आफ्नो माहातहत्मा रहेका स्थानीय तहमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अपराधिक घटनाहरुमा कमि आउन थालेको हो।
गत वर्ष शिक्षा ऐन,चोरी,अभद्र ब्यवहार,मानव ओसारपसार,जवरजस्ती करणी लागायत गरी २ सय १० जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेको थियो। यस वर्ष असार मसान्तदेखि हालसम्ममा सवारी दुर्घटना, आगजनी, कुटपिट लगायत गरि ७६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।
बिगतका दिनहरुमा प्रहरी कार्यलयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवाहरु हुने गरेतापनि पछिल्लो समयमा भने थुनुवाहरु समेत एकदुई जना मात्रै रहेको उनले बताए। ‘बिगतका दिनहरुमा प्रहरी कार्यलयमा मुद्दा मामिला मिलाउन राजनीतिक दलका कार्यकर्तादेखि बुद्धिजीवी, समाजसेविहरु समेत धाउथे,’ उनले भने, ‘अहिले पीडितका आफन्तहरु स्वय प्रहरी प्रमुखलाई भेटेर सबै कुरा खुलेरै बताउन थालेपछि यस्ता कार्यमा कमी आएको छ।’
जनातासँग प्रहरी कार्यक्रमले अहिले मुद्दा मामिला कम आउन थालेको सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवालले बताए। प्रहरी कार्यलयले रंगेली नगरपालिका ,घनपालथान गाउँपालिका र सुनबर्सि नगरपालीकामा जनतासँग प्रहरी कार्यक्रम सञ्चालन गर्दे आइरहेको उनले बताए।