रंगेली नगरपालिका ७ को मुख्य बजारमा रंगेली नगर युवा क्लवले ब्यामशाला (जिमखाना) सञ्चालन ल्याएको छ। नगरपालिका भित्र रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले क्लवले पहिलोपटक ब्यामशाला सञ्चालनमा ल्याएको हो।
रंगेली मै पहिलो पटक अत्यधुनिक सेमिनको प्रबिधिबाट शरीरलाई व्यामको माध्यमबाट स्वास्थ्य र स्फुर्त राख्नका लागि व्यामशाला सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष निरज साहले बताए।
नगरपालिकाले ५ लाख रुपैयाँको सहयोग तथा क्लवबाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँको लागतमा साईकेलिङ मेसिन, ईलोकोट्रोनिक साईकलिङ लागायतका सामाग्रीहरुसहित रंगेली ब्यामसाला सञ्चालनमा ल्याएका हुन्।