अर्थमन्त्रीको दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले आफूलाई योद्धाका रूपमा चित्रित गर्दै कमान्डरले फिर्ता नबोलाएसम्म मैदानमा खटिरहने अभिव्यक्ति दिए। योद्धा भनेको युद्धकलामा निपुण व्यक्ति हो। वास्तवमा अर्थतन्त्रको व्यावहारिक र सैद्धान्तिक ज्ञानले निपुण नभई अर्थतन्त्र हाँक्नु कठिन कार्य हो। यस अर्थमा उनले आफूलाई योद्धाका रूपमा चित्रित गर्नु अनुचित होइन।
योद्धाले जहिलेसुकै युद्धकौशल र विजयका रणनीति अंगीकार गर्नुपर्छ। तर उनमा त्यस्तो रणनीतिको अभाव र पराजित मानसिकताले गाँजेको देखिन्छ। पराजित मानसिकता र हीनभावले जब एउटा योद्धा युद्ध मैदानमा आउँछ भने विजयको सम्भावनालाई अपवादका रूपमा लिनुपर्ने हुन्छ। अहिले हाम्रो अर्थतन्त्र त्यही पराजित मानसिकताको सिकार भएको छ। नागरिकले अनुभूत गर्ने गरी विकासका लाभ हासिल हुनु त टाढाको कुरा उद्यम-व्यवसाय गर्न पनि कठिन हुन थालेको साना-मझौला व्यवसायीको गुनासो छ।
हुन त अर्थमन्त्रीलाई सुन्ने र पत्याउने हो भने उनले अर्थतन्त्रको बागडोर हाँक्न सुरु गर्नुअघि मुलुकको अर्थ-व्यवस्था कसरी चलेको रहेछ सम्झेरै अत्यास लाग्छ। अर्थतन्त्रमा संकटको कालो बादल मडारिँदै गर्दा हठात् योद्धाको पदार्पण भयो र अर्थतन्त्रले त्राण पायो। नत्र अर्थतन्त्र रसातल, पातालमा पुगिसकेको हुन्थ्यो। तर यो विशुद्ध अर्थमन्त्री मात्रको परिकल्पना हुन सक्छ, आम जनता उनलाई पत्याउन तयार छैनन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया