हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नगर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लागेको छ।

साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो। कम्पनीका अनुसार सोमबारबाट साउदीको दमाममा भइरहेको उडान रद्द गरिएको छ।

यो रुटमा टिकट लिइसकेका यात्रुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन्। यसअघि हिमालयले चीनका पाँचवटै गन्तब्यको उडान झिकेको छ।

यसबाहेक कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ।

प्रकाशित मिति: : 2020-03-16 01:29:07

प्रतिकृया दिनुहोस्