अमेरिकाले युरोपका थप दुई राष्ट्र इङ्ल्याण्ड र आयरल्याण्डमाथि पनि ट्राभल ब्यान लगाइदिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसमा आयोजित एक प्रेस व्रिफिङमार्फत् यस्तो घोषणा गरिदिएका हुन्। यी दुई राष्ट्रसँगै युरोपेली संघका २२ र बाहिरका चार गरी २८ युरोपेली राष्ट्र अमेरिकी सम्पर्कबाट बिच्छेद भएका छन्।
यसअघि युरोपका २६ राष्ट्रमाथि ट्राभल ब्यान लगाइएको थियो। त्यसअघि नै अमेरिकाले चीन र इरानमाथि पनि ट्राभल ब्यान लगाइसकेको थियो।
ट्राभल ब्यान सोमबार मध्यरातिदेखि ३० दिनका लागि लागु हुने छ। त्यसपछि के हुन्छ? अहिले नै यसै भन्न सकिने अवस्था छैन।
यी देशका नागरिक अरू कुनै बाटोबाट पनि अमेरिका आउन पाउँने छैनन्। तर, अमेरिकी नागरिक भने अरू बाटो भएर अमेरिका फर्कन सक्छन्। तर, त्यस्ता नागरिकले अमेरिका फर्केपछि कम्तिमा पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नैपर्छ।
अमेरिकाले इङ्ल्याण्ड र आयरल्याण्डमाथि पनि ट्राभल ब्यान लगाइदिएको छ। यी दुइ राष्ट्रसँगै युरोपेली संघका २२ र बाहिरका चार गरी २८ युरोपेली राष्ट्रसँग अमेरिकी सम्पर्क बिच्छेद भएको छ। यसअघि नै अमेरिकाले चीन र इरानमाथि पनि ट्राभल ब्यान लगाइसकेको छ।
कोरोना भाइरस संक्रमणको प्रभाव अमेरिकी जीवनका हरेक पक्षमा पर्न थालेपछि त्यसलाई रोक्न यो कडा कदम चालिएको बताइएको छ।
तर, राष्ट्रपति ट्रम्पका आलोचकहरूले दुस्प्रभावका बारेमा अध्ययन नै नगरी हचुवाका भरमा लिइएको निर्णय भनेर यसको आलोचना गरेका छन् । उता, युरोपेली नेताहरूले पनि अमेरिकी कदमको भत्सर्ना गरेका छन्। उनीहरूको भनाइ छ, यो दु:खको पहाड हामी सबैमाथि खसेको हो। सबै मिलेर नै यसलाई पन्छाउनु पर्छ।'