अमेरिकामा कोरोना भाइरस सक्रमणबाट मृत्यु हुनेको संख्या बढेर ४९ पुगेको छ। मृत्यु हुनेमा ३७ जना वासिङ्टन राज्यका छन् भने क्यालिफोर्नियाका पाँच, फ्लोरिडाका तीन र न्युजर्सी, कान्सास, जर्जिया, कोलोराडो, न्युयोर्क र साउथ डकोटाका एक-एकजना रहेका छन्।
यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर दुईहजार तीनसय ८४ पुगेको छ। संक्रमितहरू राजधानी वासिङ्टन डीसीसहित ४९ राज्यमा भेटिएका छन्।अब संक्रमित नभेटिएको एक मात्र अमेरिकी राज्य वेस्ट भर्जिनिया रहेको छ।अमेरिका शासित पोर्टोरिको र भर्जिन आइल्याण्डमा पनि संक्रमित पाइएका छन्।
पछिल्लो विवरणअनुसार वासिङ्टनमा पाँचसय ६८ न्युयोर्कमा पाँचसय २४,क्यालिफोर्नियामा दुई सय ४३ र मासाचुसेट्समा एकसय २३ संक्रमित पाइएका छन् । यी चार राज्यमा मात्र एक हजार चारसय सय ५८ संक्रमित पाइएका छन्।
यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणसँग जुध्न शुक्रबारदेखि राष्ट्रिय संकटकाल घोषणा गरेको छ।