स्पेनमा एकै दिनमा १५ सय व्यक्तिमा कोरोना संक्रमित

एजेन्सी

काठमाडाै‌ं

स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै स्पेनमा कोभिड–१९ संक्रमितको संक्रमण पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ । 

स्पेनको सरकारले कोरोनाको संक्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् । 

उक्त देशले शनिबार आपतकालिन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भएपनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति: : 2020-03-15 10:07:41

प्रतिकृया दिनुहोस्