तस्बिर आफैं बोल्छ ... मेरो देशको 'अर्धमुर्च्छित सपना'  

यो तस्बिर मेरो देश नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको हो। उनका अनुयायीहरू भनिरहेका छन्, उनी स्वस्थ छन् - उनैले बनाउने हुन् 'समृद्ध नेपाल सुखी नेपाली'। एकपटक आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर  हेर्नुहोस् त यो तस्बिर- मेरो देशको भविष्य यिनै 'स्वस्थ प्रधानमन्त्री'को सपना हो रे। म पनि चाहन्छु, उनको सपना साकार होस् । तर सबै प्रिय चाहना कहाँ पूरा हुन्छन् र ? मलाई यो तस्बिरले ऐठन गरिरहेको छ। बाँकि त फेरि पनि तस्बिर नै बोल्छ। 

 मैले यसमा योभन्दा बढी प्रतिक्रिया दिन चाहिँन।

आमसञ्चारले एक चिनिया लोकोक्तिलाई आफ्नो  कित्तामा पारेको छ- 'हजार शव्दले भन्न नसक्ने सत्य एउटा तस्बिरले भन्छ।' यदाकदा मात्र त्यस्ता कालजयी तस्बिर खिचिन्छन्, मलाई लाग्छ, यो एउटा त्यस्तै तस्बिर हो। यो तस्बिर जसले खिचेका भए पनि त्यो मोमेन्ट क्याप्चर गर्ने फोटो कविप्रति मेरो ठूलो सम्मान छ। म फेरि दोहोर्याएर भन्छु, तस्बिर आफैं बोल्छ। म ओलीजीको सुस्वास्थ्यको कामना गर्छु, बस यति नै ।

मलाई यतिबेला अर्को पनि एउटा त्यस्तै तस्बिरको याद आइरहेको छ। त्यो तस्बिर तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको थियो। त्रिवि शिक्षण अस्पतालमा एमालेको नौ महिने शासन बचाउनका लागि आईसीयुमा एक किसिमले मानव ढाल बनाइएको तस्बिर थियो त्यो। धेरैले बिर्सिसके त्यो तस्बिर । किनकि, नेपालीको स्मरण शक्ति कमजोर छ, नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो हुन्छ।

म यी दुबै तस्बिरमा भएका पात्रको अवस्थाका बारेमा केही समानता देख्छु। समानताको चुरो चाँहि यी दुबैको निम्सरो स्वास्थ्यलाई देखाएर सहानुभूतिको सत्ता  राजनीति गर्ने।असामनता त थुप्रै छन्, मनमोहन अल्पमतका प्रधानमन्त्री थिए, उनलाई नाम मात्रको प्रधानमन्त्री बनाएर शासन गर्न माधव नेपाल पठाइएका थिए।अहिले ओली झण्डै दुईतिहाइ बहुमतका प्रधानमन्त्री छन्, ईश्वर पोख्रेल उपप्रधानमन्त्रीका रूपमा उनको रथ हाँकिरहेका छन्। मनमोहन त्यो अवस्थामा सत्ताको भिख माग्ने पक्षमा थिएनन्, यस्तो अवस्थामामा पनि कांग्रेसले सत्ताच्युत गर्छ भनेर उसलाई अमानवीय देखाउन त्यसो गरिएको थियो। तर, अहिलेको अवस्था फरक छ, ओली आफ्ना सपना मर्न नदिन मिर्गौला पुन: प्रत्यारोपण गरेर भए पनि सत्तामा फर्कन चाहन्थे। 

मलाई यतिबेला अर्को पनि एउटा त्यस्तै तस्बिरको याद आइरहेको छ। त्यो तस्बिर तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको थियो। त्रिवि शिक्षण अस्पतालमा एमालेको नौ महिने शासन बचाउन आईसीयुमा एक किसिमले 'मानव ढाल' बनाइएको थियो उनलाई। धेरैले बिर्सिसके त्यो तस्बिरको कथा । किनकि, नेपालीको स्मरण शक्ति कमजोर छ, नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो हुन्छ।

त्यो पात्र र यो पात्र मात्र हैन, समय र स्थानले बनाउने त्यो सन्दर्भ र यो सन्दर्भ पनि मरिकाट्टे मिल्दैन। त्यसैले तुलना गर्ने काम पनि मैले यही रोक्न चाँहे।किनकि, मनमोहन र ओलीका बीचमा तुलना हुँदा परिणाम के आउँछ, त्यो जगजाहेर जस्तै छ।

यसै पनि ओलीका अनुयायीहरू म उनीप्रति अलि रूखो नै भएकोमा रूष्ट छन्। यतिसम्मकी केहीलाई त उनको पूरा नाम लेखिदिएको पनि मन पराउँदैनन्। उनीहरू चाहन्छन्, केपी शर्मा ओली लेखिदिवोस्। 

तर, म त्यसो गर्न सक्दिन। यसको पछाडि मेरो आफ्नै तर्क छ। उनले खड्ग ओलीका नामले जीवनको उम्दा समय वामपन्थी राजनीति गरे, आज उनी जे हुन्, त्यही नाम र कामको साँवा/व्याज हुन्। पुराना दिनको सम्झना गराउन पनि म उनको पुरानै नाम लेख्न चाहन्छु- खड्ग ओली। नेपालमा प्रजातन्त्र आएपछि जातसहितको पूरा नाम लेख्ने लोभ गरेर उनले पनि आफ्नो पूरा नाम बनाए- खड्गप्रसाद शर्मा ओली। उनले हिसाब किताब गरेर बनाएको यो आधिकारिक नाम नै लेख्नु ठीक हो जस्तो लाग्छ मलाई । यद्यपि, यो अलि लामै छ। र,यसको अप्ठ्यारो भनेको पनि यति मात्रै हो। नत्र केपी अंग्रेजी नाम भयो, खड्गप्रसाद खाँटी नेपाली । यसमा पूरापूर राष्ट्रियताको वासना पनि आउँछ। 

म ओलीको विरोधी त हुँदै हैन, जन्मजात आलोचक पनि हैन। म उनको शुभचिन्तक नै हुँ। तर, मेरो आपत्ति उनले देशका लागि पाएको नाफाको जिन्दगी सदुपयोग गर्न सकेनन् भन्ने हो। उनको कार्यशैलीमै समस्या देख्छु म। मुलुकको एउटा प्रधानमन्त्रीमा हुनुपर्ने विनम्रता, शालिनता र सौम्यता म उनमा देख्दिन।कमी कमजोरीलाई विनम्रतापूर्वक स्वीकार्ने गर्ने साहस पनि म उनमा देख्दिन।  

म यसकारणले देख्दिन कि मलाई व्यक्तिगत रूपमा उनीसँग लिनु/दिनु केही नै छैन। तर, उनका अनुयायीहरू उनमा अवगुण भन्ने केही नै देख्दैनन् । यसकारणले देख्दैनन् कि, उनीहरू आज जहाँ छन्, ओलीकै कारण त्यहाँ छन्। यसको अर्थ यो पनि हैन कि उनीहरूमा कुनै योग्यता नै छैन। योग्यता छ तर त्योभन्दा पनि बढी उनीहरूको लोयल्टी ओलीप्रति छ। 

यसै पनि ओलीका अनुयायीहरू म उनीप्रति अलि रूखो नै भएकोमा रूष्ट छन्। यतिसम्मकी केहीलाई त उनको पूरा नाम लेखिदिएको पनि मन पराउँदैनन्। उनीहरू चाहन्छन्, केपी शर्मा ओली लेखिदेवोस्। तर, म त्यसो गर्न सक्दिन। यसको पछाडि मेरो आफ्नै तर्क छ।

त्यसैले उनीहरू ओलीको देवत्वकरण गरिरहेका छन् । यो उनीहरूको सत्य हो, म त्यसको सम्मान गर्छु । मेरो सत्य उनीहरूको भन्दा फरक हुन सक्छ र छ पनि। यसको छिनोफानो त समयले गर्ला नै। अब कस्को सत्यचाँहि तथ्य हुने हो, त्यसका लागि अरू तीन वर्ष पर्खौं। ओली कार्यकाल सकिएर त्यसैको आधारमा हुने निर्वाचनको परिणाम नै तथ्यको आधार हुने छ। 

म चाहन्छु, ओलीका अनुयायीहरूको सत्य तथ्य बनोस्। उनको कार्यकालमा देशले तरक्की गरोस् र म झुटो सावित हुन पाउँ-  म त त्यस्तो कामना गरिरहेको एक अकिञ्चन प्राणी हुँ। 

बिट मार्नुअघि मेरो एक विनम्र अनुरोध- यो तस्बिर एकपटक हेर्नुहोस् त - मेरो देशको भविष्यको तस्बिर हो यो । उनका अनुयायीहरू भनिरहेका छन्, उनी स्वस्थ छन् - उनैले बनाउने हुन् 'समृद्ध नेपाल सुखी नेपाली'। एकपटक आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर हेर्नुहोस् त यो तस्बिर; अनि आफैलाई सोध्नुहोस् ...बाँकि त तस्बिर आफैं बोल्छ।

(यो लेखकको निजी विचार हो, ब्रेक एन लिंक्सको सम्पादकीय नीति निरपेक्ष छ: सम्पादक)

 

प्रकाशित मिति: : 2020-03-15 08:42:31

प्रतिकृया दिनुहोस्