रोनाल्डिन्होलाई छुटाउन मेसीले चार मिलियन युरो खर्चने

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा जेल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेसीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन्। पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ।  रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेसीले सहयोग गर्न लागेका हुन्।

मेसीले बार्सिलोनाको सुरुवाती करियरमा रोनाल्डिन्होको साथमा रहेर खेलेका थिए। मेसी र रोनाल्डिन्हो मिल्ने साथी हुन्। 

ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए। नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै पक्राउ गरिएको हो। 

रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए। उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो। ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो। ३९ वर्षीय रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन।


 

प्रकाशित मिति: : 2020-03-14 20:06:21

प्रतिकृया दिनुहोस्