कोरोनाको प्रभाव : रगतको अभाव

चितवनमा रक्तदानका कार्यक्रम नहुदाँ विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दै गएपछि रक्तदानका कार्यक्रम नभएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिए।

‘जिल्ला प्रशासन कार्यालयले नै जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेको हो’, उनले भने, ‘सोही कारण रगतको समस्या प¥यो।’

सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध गरेपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएको उनले बताए।

‘विद्यालय, विभिन्न सामाजिक सङ्घसंस्थालगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम स्थगित हुँदा रगत सङ्कलन गर्न कठिन परेको छ’, उनले भने, रक्तदान कार्यक्रम नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत सङ्कलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ।’

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको पनि माग हुँदै आएको छ। भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पु¥याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ।

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ। जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ। 

प्रकाशित मिति: : 2020-03-14 01:11:22

प्रतिकृया दिनुहोस्