कोरोना भाइरसको सबैभन्दा ठूलो शिकार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भएका छन्। उनकी श्रीमती सोफी ग्रोगोर ट्रुडो कोरोना भाइरस संक्रमित भएपछि प्रधानमन्त्री जस्टिन पनि ‘सेल्फ क्वारेन्टाइन’मा गएका छन्।
हालै लन्डनबाट फर्केकी प्रधानमन्त्री पत्नी सोफीको स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक स्वास्थ्य प्रतिवेदनमा उनमा कोरोना भाइरस संक्रमण पाइएको छ। अन्तिम प्रतिवेदन नआउन्जेलसम्म उनी घरमै ‘सेल्फ क्वारेन्टाइन’मा रहेको बताइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार ‘सेल्फ क्वारेन्टाइन’मा रहेका प्रधानमन्त्री जस्टिनमा संक्रमणको लक्षण देखिएको छैन। तर पनि उनले मन्त्रिपरिषद्को बैठक भर्चुअल रूपमा मात्र गरेका छन्।
क्यानडामा केही सय मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने केहीको निधन पनि भैसकेको छ।