भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि नयाँ दिल्लीमा विद्यालय, कलेज र फिल्म हल बन्द गरिएका छन्।
बिहीबार नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मार्चसम्म सबै फिल्म हल बन्द गर्ने निर्णय गरेका हुन्।
साथै परीक्षा जारी भइरहेका विद्यालयहरु पनि हाललाई सञ्चालन नगर्ने तय भएको हिन्दुस्तान टाईम्सले जनाएको छ।
यसअघि केन्द्र सरकारले १५ अप्रिलसम्म सबै पर्यटक भिसा निलम्बन गर्ने निर्णय लिएको थियो।
हालसम्म भारतमा ७३ जनामा यसको संक्रमण देखिएको छ।