नायक सलमान खान अब चलचित्र ‘कभी इद कभी दिवाली’ चलचित्रमा काम गर्नेछन्। चलचित्र नामलाई धेरैले आकर्षक नाम भनेका छन्। धेरैले चलचित्रलाई प्रतिक्षा गरिरहेका छन्।
यस्तैमा चलचित्रको विषयमा नयाँ समचार बाहिरिएको छ। ‘कभी इद कभी दिवाली’ साउथ चलचित्र ‘वीराम’को रिमेक भएको समचार बलिउड मिडियाले उल्लेख गरेका छन्। यस कथाको राइट्स निर्माताले किनिसकेका छन्।
वारीममा हिन्द–मुस्लिम बीचको अन्तरद्वन्द्वलाई देखाइएको छ। कभी इद कभी दिवालीले पनि सोही कथालाई प्रस्तुत गर्नेछ। चलचित्रको पटकथा भने केही फरक हुनेछ। सलमानलाई कन्सेप्ट मन परेकाले नै उक्त चलचित्रको कथा लिइएको हो।
चलिचत्रमा पूजा हेगडे अभिनेत्रीको रूपमा देखिने भएकी छन्। चलचत्रिमा अभिनेत्री पूजा सलमानकी प्रेमीकाको भूमिकामा देखिनेछिन्। पूजाले साउथमा ‘मुकुन्द’ जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी छन्।
‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहेन्जो दडो’ मा ऋतिक रोशनको अपोजिटमा काम गरेकी थिइन्। चलचित्रका निर्माता साजिद नाडियावालाले यसमा समावेश गरिएको कथाका लागि पूजा उपयुक्त देखिने भएकाले अनुबन्धित गरिएको बताए।
फराहद समाजीले निर्देशन गर्ने यस चलचित्रको छायांकन अक्टुबरबाट सुरु हुनेछ।
अहिले सलमान चलचित्र ‘राधे’मा व्यस्त छन्। कोरोनाका कारण चलचित्रको छायांकन केही समयको लागि रोकिएको छ। केही समयमा चलचित्रको छायांकन पुनः सुरु हुनेछ।