गर्मीमा कम होला कोरोना भाईरसको संक्रमण?

सोनी शाही

कोरोना भाईरसको महामारीले बिहीबारसम्म संसारभरका एक लाख २६ हजार तीन सय ८० बिरामी परेका छन् भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। यसको संक्रमण तिव्ररुपमा भइरहेको छ।

यसको अध्ययनमा संलग्न विज्ञहरूले खुशीको खबर सुनाएका छन्। विज्ञहरूका अनुसार, गर्मी बढेसँगै कोरोना भाईरसको संक्रमणको गति कम हुनेछ। हङकङ विश्वविद्यालयका प्याथोलोजिस्ट प्रा.डा. जोन निकोल्सका अनुसार कोरोना भाईरस सूर्यको किरण, तापक्रम र आर्द्रतामा लामो समय बाँच्न सक्दैन। ‘सूर्यको किरणले भाईरसको बृद्धिदरलाई आधा मात्रामा कम गर्छ, त्यसैकारण यो भाईरसलाई मार्न सूर्यको किरण उपयुक्त मान्न सकिन्छ,’ प्रा.डा.जोनले भनेका छन्।

प्रकाशित मिति: : 2020-03-13 03:45:12

प्रतिकृया दिनुहोस्