अन्नपूर्ण पोष्ट
पूर्वीय मान्यता छ– साधु भएपछि सांसारिक मायामोहको जालबाट टाढा रहनुपर्छ। साधुहरू विवाह बन्धनमा बाँधिदैनन्। उनीहरू भगवानको भक्ति र आरधना गर्छन्। तर, विश्वभरमै यस्ता धेरै साधु–सन्त छन्, जो बलात्कारमा मुछिएर दोषीसमेत करार भएका छन्।
हिन्दू हुन् वा मुस्लिम, बौद्ध हुन् वा इसाई, दुव्र्यवहार तथा बलात्कार र यस्तै नैतिक पतनको घटनामा धर्मगुरुहरू मुछिएकै छन्। पछिल्लो समय पूर्वी नेपालको सुनसरी जिल्लाको चतरामा आश्रम बनाएर बसेका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएका छन्।
भू–समाधिका कारण पटक–पटक चर्चामा आएका उनीविरुद्ध उनकै एक अनुयायीले बलात्कारको मुद्दा दर्ता गरेपछि योग र आयुर्वेदका कारण चर्चा कमाएका कृष्णदासका खराब दिनको सुरुवात भयो।
काठमाडाँै घर भएकी र दुई सन्तानकी आमासमेत रहेकी एक महिलाले आफूलाई चतरास्थित आश्रममै कृष्णदासले बलात्कार गरेको आरोप लगाइन्। सुरुमा जाहेरी नै लिन नचाहेको प्रहरीले पछि घटना सार्वजनिक भइसकेपछि भने जाहेरी लियो। मुद्दा दर्ता भएलगत्तै बाबा विराटनगरस्थित विराट नर्सिङ होममा गत मंसिर १२ गते भर्ना भए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया