समता फाउण्डेसनका कार्यकारी अध्यक्षले जिते योङ ग्लोबल लिडर्स अवार्ड

समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले योङ ग्लोबल लिडर्स (वाईजीएल) २०२० अवार्ड जितेका छन्।

विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो।

 विश्व आर्थिक मञ्चले युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पुर्‍याएको योगदान र सम्भावनाको आधारमा उनलाई अवार्ड प्रदान गरेको जनाएको छ।

यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए। थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन्।

मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन्।

वाईजीएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोच एवं कल्पनाशीलता परिस्कार गर्न गर्न विश्व आर्थिक मञ्चले उनीहरुललाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ।
 

प्रकाशित मिति: : 2020-03-12 10:41:43

प्रतिकृया दिनुहोस्