कारोना भाइरसको संक्रमणबाट बचाउन कास्की प्रहरीले निःशुल्क माक्स विरण गरेको छ। बजारमा माक्सको अभाव भएको बेला कास्की प्रहरीले मंगलबार पोखराको चिप्लेढुङगामा एक कार्यक्रम गरी २ हजार भन्दा माक्स वितरण गरेको हो।
कोरोनाको संक्रमणलाई रोक्न आफ्नो सामाजिक उत्तरदायित्व भएको भन्दै माक्स वितरण गरेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए।
संक्रमणका डरले भइरहेको मास्क अभावलाई केही हदसम्म भएपनि पुरा गर्ने उदेश्यले वितरण गरिएको एसपी कार्कीले बताए।
कुनैपनि मेडिकल तथा पसलहरुले मास्क लुकाएको अथवा बढि मूल्य लिएको पाइएमा कडा कारवाही हुने बताउदै नागरिकले यसबारे समयमै सूचना दिनसमेत एसपी कार्कीले आग्रह गरे।