सरकारले बाेलायाे कोरोना भाइरसबारे छलफल गर्न सर्वदलीय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कोरोना भाइरस अर्थात कोभिड–१९ बारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ।

भाइरसको जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

बैठक कहिले बस्छ भन्ने मिति तय भएको छैन। 

सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको डा खतिवडाले बताए।

राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको खतिवडाको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-03-11 06:32:33

प्रतिकृया दिनुहोस्