एपेक्स बैक घोटला काण्डमा मुछिएका क बर्गका निर्माण व्यवसायी ठेकेदार मनोज भेटवाललाई पक्राउ परेका छन्। भेट्वाललाई महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार बिहान त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
दिल्लीबाट काठमाडौं आएको जानकारी पाएपछि विमानस्थलबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले पुष्टि गरे।
भेटवाललाई लामो समयदेखि प्रहरीले व्यापक खोजी गरे पनि उनी भारतको विभिन्न ठाउँमा लुक्दै आएका थिए। ७५ लाख १० हजार रुपैयाँ बराबरको बैंकिङ ठगी कसुरमा भेटवालविरुद्ध पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।
उनी पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावरका मुख्य ठेकेदारसमेत हुन्। यसअघि खुलामञ्चमा अवैध रुपमा सटर निर्माण गरी उनले पैसासमेत असुलेका थिए।
२०७५ बैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोडौं ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो।
भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट बैक ऋण लिएको देखिएको छ।