देशको पूर्वी र मध्य पहाडी भूभागमा मंगलबारको मौसममा आंशिक बदली रही अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि पूर्वि तथा मध्य पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले मंगलबार मध्य र पूर्वी पहाडका एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
उनका अनुसार मंगलबार देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मंगलबारभन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।