महंगी र अभावविरूद्ध श्रमजीवि महिलाले सन् १९०८ मा पेरिस्कोबाट शुरु गरेको आन्दोलनले विश्वव्यापी रूप धारण गरेपछि महिला अधिकारले नयाँ मोड लियो। यही आन्दोलनको व्यापकतासँगै महिला अधिकारका लागि विभिन्न आन्दोलन भए। र, आज त्यो घटनालाई सम्झिन् र महिला अधिकारका लागि एकजुट बन्न अन्तर्राष्ट्रिय नारी दिवश मनाइदैँछ।
यसै सन्दर्भमा बिएल नेपाली सेवाका लागि विपना भट्टराईले महिला अध्ययन केन्द्रकी अध्यक्ष सिता ओझासँग गरेको संक्षिप्त कुराकानी।
विश्वभरि ११० औं नारी दिवस मनाइरहँदा तपाई के भन्न चाहनु हुन्छ?
आफ्नाे रोजिरोटीका लागि पेरिस्कोका श्रमजीवि महिलाले गरेको आन्दोलन हो नारी दिवस। यसरी सुरु भएको आन्दोलन समय परिवर्तनसँगै विभिन्न विकसित तथा अविकसित देशमा फौलिएको छ। पेरिस्कोको आन्दोलनलको प्रभाव फ्रान्समा पनि पर्यो। फ्रान्सपछि बिस्तारै प्रसियामा। त्यहाँका महिलाले भातृत्व, समानता र स्वतन्त्रता विषयका कुराहरु अगाडी सारेको पाईन्छ। प्रसियाका मजदुरले जति नै काम गरेपनि आफ्नाे परिवार पाल्न धौधौ हुन्थ्यो। यहा मालिक र दासको सम्बन्ध थियो। मालिकको घरमा ३६५ दिन काम गर्दा पनि बालबच्चाको पालन पोषण गर्न गाह्रो भएपछि कामदारले राजदरवारअगाडी प्रदर्शन गरेका थिए। सन् १८३२ तिर हल्याण्डका श्रमिक महिलाले असमान व्यवहार र असमान तलब भत्ताविरुद्ध आन्दोलन छेडे। हाते औजार उद्योगधन्दा बिस्तारै परिवर्तन हुँदै गयो।
यो कुरा पारिश्रमिक र बेतलबी सुविधासँग जोड्यो र समान तलबको कुरा उठाएर हल्याण्डमा आन्दाेलन उठ्याे। १८३५ मा अमेरिकाको बाेस्टानमा पनि १२ देखि १४ घण्टा काम गर्न पाउनुपर्छ भनेर सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाले कुरा उठाए। यो क्रम बिस्तारै बढ्दै जाँदा फिलाडेल्फियामा आर्थिकमन्दीविरुद्ध १८३७ देखि १८६० सम्म आन्दोलन चल्याे। ज्यालाको कुरा पनि उठ्याे। आन्दोलन बिस्तारै अमेरिकाभरि फैलियाे। सन् १८४८ देखि पुरुषले नै असमान व्यवहार र शोषणविरुद्ध आवाज उठाए। त्यसै गरि २४ घण्टामा ८ घण्टा काम गर्ने ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्ने भनि अन्तर्राष्ट्रिय श्रम संगठनको माग गरिएको थियो ।
१८६५ सम्म बेलायतमा मत अधिकारको कुरा थिएन। श्रमिक महिलाको संगठनले १८६७ मा एउटा सम्मेलन गर्यो। विशेष गरि याे पश्चिमा देशका महिलाको सम्मेलन थियो। त्यसैले यसलाई पहिलो अन्तर्राष्ट्रिय सम्मेलनकाे नाम दिइयाे। याे सम्मेलनबाट कला राजेट्किन नेतृत्वमा आईन् र समानता नामक पत्रिका सञ्चालनमा आयाे। राजेट्किनकाे नेतृत्वमा समान ज्यालाको कुरा, विभेद अन्त्य, पुरुषको शोषणविरुद्ध, समानतासँगै शिक्षा र बृत्ति विकाशको कुरा जाेडताेडका साथ उठ्याे। १९८८ सम्म आइपुग्दा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भयो। पछि सिकागो शहरमा यसको प्रदर्शन भयो। प्रदर्शनमा ३० हजार महिलाको सहभागिता थियो। ८ मार्च, १९८९ को दिन अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाको अधिकार स्थापना भयाे। यसपछि बिस्तारै ५ समाजवादी महिलाले यसको सर्मथन गरेपछि यो आन्दालनले विश्वभरि व्यापकता पायो।
नेपालमा यसकाे प्रभाव कसरी पर्याे?
२००८ मा नेपालमा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस पहिलो पटक मनाइएको हाे। २०४६ सालको आन्दोलनपछि यसलाई महिला अधिकारको रुपमा स्थापित गर्नको लागि विभिन्न संघसंस्था स्थापना भए। फलस्वरुप महिला अधिकारकर्मीले महिलाको हकअधिकार र समस्या अन्तर्राष्ट्रिय नारी दिवसका दिन छलफल गरि सो दिन मनाउन थालियो। २०४८ सालमा बनेको संविधानमा पनि ५ प्रतिशत महिलालाई उम्मेदवार बनाउने कुरा आयो। याे सँगसँगै महिला आयोग, महिला मन्त्रालय स्थापना भयाे। आर्मी तथा निजामती सेवामा महिलाहरु सहभागी भए। विशेषगरी २०४८, २०५८, २०६२–२०६३ हुँदै महिला हिंसाविरुद्धको अभियान नोभेम्बर २५ देखि ८ मार्चसम्म विभिन्न कार्यक्रम गरेर महिलाका अधिकारका बिषय, हिंसाविरुद्ध संचेतना जगाउने, महिलालाई गोलबन्ध गराउने ,शसत्तिकरण गर्ने गरी सञ्चालन हुँदै आएकाे छ। यस्ता कार्यक्रमलाई ऐतिहासिक मान्न सकिन्छ। ८ मार्चको दिनलाई सम्पुर्ण क्षेत्रका महिलाले साझा रुपमा कार्यक्रम गरेर मनाउने गर्छन्। त्यसैगरी प्रतिनिधि सभामा, प्रदेश सभामा ३३ प्रतिशत महिलाको सहगागिताकाे कुरा आएको छ। छोराछोरीलाई समान किसिमको पैतृक सम्पत्तिमा हक अधिकार, बोक्सिविरुद्धमा कानुन, हिंसाविरुद्धको कानुन र महिला सहभागिता जस्ता कुराहरु पनि नेपालमा स्थापित भइसकेका छन्।
पछिल्लो समय महिलाका चुनैति के कस्ता छन् ?
महिलाले प्राप्त गरेका अधिकार गाउँको कुनाकाप्चासम्म अझै पुग्न सकेको छैन। अधिकांश महिलालाई आफ्नाे हक अधिकारको बारेमा थाहा छैन। आफ्ना हक,अधिकार सुनिश्चित गर्न र कार्यान्वयन गर्न महिलामैत्री संरचना तयार गर्नु आवश्यक देखिन्छ। केन्द्रिय तहदेखि स्थानीय तहसम्म हरेक कार्यालयकाे संरचनामा तल्लो निकायदेखि नै महिलाका मुद्धा सुन्न आवश्यक छ।
महिलाको सम्मानको लागि, महिलाको भुमिकाको लागि र महिलाको परिचयको लागि अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस अत्यन्तै महत्वपूर्ण रहेको छ। यसलाई अझै प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता हाे। अहिलेको समयमा अधिकार त प्राप्त भयो तर कसरी समुचित प्रयोग गर्ने र समावेशीमा सहभागी बन्ने जस्ता गुणस्तरीय कुरा अझै भएन भन्ने जस्ता कुरा आइरहेकाे छ। आगामी दिनमा सहभागिता मात्र होईन, उसकाे भूमिका र गुणस्तरीयताको लागि हामीले विशेष रुपमा क्षमतावान भएर जानुपर्छ। निणर्य लिने कुरामा अराजकता प्रर्दशन गरि महिलालाई प्रयोग गरेर महिलाकै शोषण गरिन्छ। यस्ता कुराको अन्त्य हुनु जरुरी देखिन्छ। महिला महिला मै सरसल्लाह र सहभागिता हुनुपर्दछ। यसले अधिकार प्रयोग गर्न सरल हुन्छ।