हावाहुरीमा २८ को मृत्यु, ४०० बढी घाइते, अस्पतालमा ठाउँ र रगत अभाव: हामीलाई अहिलेसम्म जे थाहा छ (UPDATE)

अन्नपूर्ण

आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। ​हामी तपाईँलाई हामीलाई थाहा भएको क्षति तथा उद्दार/राहतबारेको पछिल्लो जानकारी दिइरहेका छौँ। 

बाराबाट दिवाकर भण्डारी र पर्साबाट क्रान्ति शाहको अपडेट। 

राति १ः२७ बजे


प्रहरी निरीक्षक मोहनमान श्रेष्ठका अनुसार बाराको भलुई भरवलियामा उद्दार जारी छ। घाइते सबैलाई अस्पताल पठाइएको छ। यहाँ ६ जनाको शव भेटिएको छ। अब भत्किएका घर, पर्खाल सबै पन्छाएर हेरिने श्रेष्ठले बताए। उनका अनुसार यहाँ रातभर खोजीकार्य हुने छ।

कलैया र आसपासका क्षेत्रबाट स्थानीयहरू उद्दारका लागि आइरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: : 2019-04-01 06:53:43

प्रतिकृया दिनुहोस्