पशुपति शर्माकाे कोरोनाविरुद्धको जनचेतनामूलक गीत सार्वजनिक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा पशुपति शर्माले कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत सार्वजनिक गरेका छन्।

कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने उपायबारे चर्चा गरिएको गीतमा पशुपतिको शब्द, संगीत र स्वर छ।

भिडियोमा गायक शर्माको परिवारको अभिनय छ। भाइरसबाट सचेत हुनुपर्ने भन्दै हात धुनुपर्ने, खानेकुरा पखालेर खानुपर्ने, सकेसम्म भीडभाडमा नजान, बाहिर जाँदा माक्सको प्रयोग गर्नुपर्ने लगायतका बिषयमा चर्चा गरिएको गीतको भिडियोमा सोहीसँग सम्बन्धित दृश्यहरु समावेश छ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।

प्रकाशित मिति: : 2020-03-09 01:12:38

प्रतिकृया दिनुहोस्