इटालीमा कोरोना भाइरसबाट १९८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ।
गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोनाका कारण चीन बाहिर सबैभन्दा धेरैको मृत्यु हुने देश इटाली हो।
शुक्रबार एकै दिन ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै २०० पुगेको हो।
इटालीमा अहिलेसम्म ४६ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ।
इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ। सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म झण्डै एक लाखजनामा कोरोनाको संक्रमण भएको जनाएको छ। अहिलेसम्म विश्वभर गरेर ३२ सयजना भन्दा बढीको ज्यान गएको छ। ज्यान गुमाउने अधिकांश चीनका छन्।