अब खेलाडी र खेलका अफिसियलले हात नमिलाउने

एजेन्सी

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिगमा अब खेलाडी र खेलका अफिसियलले हात नमिलाउने भएका छन्। देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै लिगले यो निर्णय लिएको हो। 

खेल अगाडी  खेलाडी र खेलका अफिसियलले हात मिलाउने परम्परालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जनाइएकाे छ।   अब टोलीले पहिलेजस्तै मैदानमा लाइनमा बसे पनि हात नमिलाइ अघि बढ्नेछन्।

यता, प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एनफिल्डमा मास्कट नराख्ने र आफ्नो स्टाफहरुलाई कोरोन भाइरस संक्रमणको जोखिम रहेका देशहरुमा यात्रा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साथै, क्लबले सबैलाई स्वस्थ बानीको बारेमा सम्झाएको छ।

क्लबले एनफिल्डका सबै ट्वाइलेट र बाथरुममा ह्यान्डस्यानिटाइजर र एन्टी ब्याक्टेरियल ह्यान्डवास राखेकाे छ।

हालसम्म कोरोना भाइरसबाट ८७ देशमा ९० हजारभन्दा बढी संक्रमित भएका छन्। यसमध्ये धेरै जसो भाइरसको केन्द्रविन्दु चीनका रहेका छन्।

प्रकाशित मिति: : 2020-03-07 00:20:28

प्रतिकृया दिनुहोस्