अमेरिकामा वारेनले गरिन् मिडप्याक: अब बर्नी र बाइडनबीच सिधा टक्कर 

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय उम्मेद्वारी चयनमा अब उदार प्रगतिशील र मध्यपन्थी संस्थापनबीचको सिधा टक्कर हुने भएको छ। यी दुई धारको नेतृत्व  क्रमश: सिनेटर बर्नी स्याण्डर्स र पूर्वउपराष्ट्रपति जो बाइडनले गर्नेछन्। 

केही समयअघि प्रगतिशील कित्ताकी राष्ट्रपति उम्मेद्वार एलिजावेथ वारेनले उम्मेद्वारी स्थगित गरेको घोषणा गरेसँगै यो नयाँ परिस्थिति सिर्जना भएको हो। मासाचुसेट्सकी सिनेटर वारेन आफ्नै गृहराज्यमा तेस्रो हुँदै निराशाजक परिणाम हात पारेपछि उम्मेद्वारी दौडबाट बाहिरिन बाध्य भएकी हुन्। डमोक्रेटिक पार्टीकी प्भावशाली सिनेटर वारेनले पार्टीमा सबैभन्दा पहिला राष्ट्रपति उम्मेद्वारी द्दोषणा गरेकी थिइन् र शुरूवाती दौडमा उनी सबैभन्दा अगाडि थिइन्।

वासिङ्टनमा हुने भ्रष्टाचार, वालस्ट्रिटको दादागिरी र सुपर प्याकका विरूद्ध आफ्नो उम्मेद्वारी घोषणा गरेकी वारेन अन्तत: तीसँग जु्ध्न सकिनन् । उनलाई मेडिकेयरको अडानले पनि अप्ठ्यारो बनायो । भन्न नमिल्ने तर अमेरिकी प्रमाणित सत्य उनी महिला भएका कारण पनि पछि परिन्। 

अब डेमोक्रेटिक पार्टीको उम्मेद्वारी निर्णय चाँहि सन् २०१६ मा जस्तै सुपर डेलिगेट्सकै हातमा पुगेजस्तो देखिएको छ। आगामी जुलाई १३ देखि १६ सम्म विस्कन्सिन राज्यको मिल्वाकीमा डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन हुदैछ। त्यही कन्भेन्सनमा सहभागी सुपर डेलिगेट्सले उम्मेद्वारी निर्णय गर्नेछन्।

डेमोक्रेटिक पार्टीमा उम्मेद्वारी जित्नका लागि पहिलो चरणमा १९९१ डेलिगेट्स चाहिन्छ। सुरूवाती दौडमा २५ उम्मेदवारको भीड रहेको र ७ जनाले त केही डेलिगेट्स नै जितेको हुनाले अब त्यो जादुगरी संख्या कसैको पक्षमा पुग्ने सम्भावना कम छ। अहिलेको स्थितिमा ५०९ डेलिगेट्स रहेका बाइडन र ४४९ डेलिगेट्स रहेका बर्नीबीच नै सिधा टक्कर हुने स्थिति सिर्जना भएको छ। वारेन ३७, बटिजज २६, ब्लुम्बर्ग १९ र क्लोबचर ७ डेलिगेट्स जितेर उम्मेद्वारी दौडबाट बाहिरिएका छन्। 

डेमोक्रेटिक दौडमा वर्नी र वाइडनसँगै हवाइकी कंग्रेस वुमन तुल्सी गवार्ड पनि प्रतिस्पर्धामा छिन्। तर, अहिलेसम्म एक मात्र डेलिगेट्स जितेकी उनको उपस्थिति नाम मात्रको छ। केही महिना अघिसम्म अमेरिकी राजनीतिमा राम्रो सम्भावना भएकी तुल्सीको राजनीतिक जीवन यही उम्मेद्वारीको दौडान लगभग सकियो भने पनि हुन्छ। डेमोक्रेटिक संस्थापनसँगको उनको टक्करले अब उनी गृहराज्य हवाइमा प्राइमरी जित्ने अवस्थामा पनि छैनन्।

अब डेमोक्रेटिक पार्टीको उम्मेद्वारी निर्णय चाँहि सन् २०१६ मा जस्तै सुपर डेलिगेट्सकै हातमा पुगेजस्तो देखिएको छ। आगामी जुलाई १३ देखि १६ सम्म विस्कन्सिन राज्यको मिल्वाकीमा डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन हुदैछ। त्यही कन्भेन्सनमा सहभागी सुपर डेलिगेट्सले उम्मेद्वारी निर्णय गर्नेछन्। अधिकांश सुपर डेलिगेट्स संस्थापन पक्षका भएकाले उनीहरू संस्थापन पक्षकै बाइडनका पक्षमा उभिने निश्चितप्राय: छ । त्यसो भएमा बर्नीका लागि सन् २०१६ कै अवस्था पुनरावृति हुने छ। उनी त्यतिबेला हिलारीसँगको प्रतिस्पर्धामा बाहिर पारिएका थिए।

 

 

 

प्रकाशित मिति: : 2020-03-06 13:45:05

प्रतिकृया दिनुहोस्