तमिल सुपरहिट चलचित्र ‘थाडम’को हिन्दी रिमेक बन्ने भएको छ। वरदान केटकरको निर्देशनमा बन्ने हिन्दी रिमेकमा अभिनेता सिद्धार्थ मल्होत्रा देखिने भएका छन्। सिद्धार्थलाई निर्देशक केटकरले अनुबन्धित गरिसकेको जनाएका छन्।
भारतीय संचार माध्यमका अनुसार सिद्धार्थ यस चलचित्रमा डबल भूमिकामा देखिँदै छन्। थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्रको छायांकन दिल्लीमा हुनेछ।
Elated to announce my next collaboration with @MuradKhetani starring @SidMalhotra. The film which is an action thriller inspired by true events is all set to go on floors this May and release on 20th November, 2020.#VardhanKetkar @Cine1Studios @TSeries pic.twitter.com/TX5iDhhBnh
— Bhushan Kumar (@itsBhushanKumar) March 4, 2020
सिद्धार्थले ट्विटरमा एउटा तस्विर पोस्ट गर्दै चलचित्रको लागि आफू निकै उत्साहित रहेको बताएका छन्। यस चलचित्रलाई भुषण कुमार र मुराद खेतनीले निर्माण गर्नेछन्।
तमिल चलचित्र ‘थाडम’ २०१९ मार्चमा रिलिज भएको थियो। जसमा अरुण विजय, तान्य होप लगायतले अभिनय गरेका थिए। थाडमको हिन्दी रिमेक २०२० नोमेम्बर २० मा रिलिज हुनेछ। यस चलचित्रको अलावा ‘शेरशाह’मा पनि सिद्धार्थको अभिनय रहनेछ।