१५ हजारमा बिक्री हुने मोबाइलका लागि सलमानले लिए ७ करोड

एजेन्सी

नयाँ दिल्ली

सलमान खानको ‘स्टारडम’ बाट प्रभावित एउटा मोबाइल कम्पनीले करौडौै रुपैयाँको व्यवसायिक सम्झौंता गरेको छ। 
१५ हजार मूल्य पर्ने फोनको प्रचारका लागि चिनियाँ स्मार्टफोन कम्पनीले सलमानका लागि ७ करोड भारतीय रुपैयाँ खर्चिन लागेको हो। 

रियल मी–६ र रियल मी–६ प्रो स्मार्टफोनका लागि कम्पनीले सलमानलाई आफ्नो ब्रान्ड एम्बेसडर छनोट गरेको छ। 

सलमानले फोनको व्यवसायिक विज्ञापनमा समेत भाग लिइसकेको बताइएको छ। उनको सुटिङ मुम्बईको महबुब स्टुडियोमा भएको थियो। सलमानलाई प्रतिदिनको हिसाबको आंकलन गर्दै यति धेरै रकम दिन लागिएको हो। 

सलमानले आफूलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेकोमा खुसी व्यक्त गरे। ‘म निकै खुसी छु। मलाई लाग्छ यो ब्रान्ड सबै ग्राहकलाई राम्रो लाग्ने छ,’ उनले भने। 
 

प्रकाशित मिति: : 2020-03-05 07:01:14

प्रतिकृया दिनुहोस्