'मुस्कान मात्र साट्थ्यौं, दोचाले सँगै हिँडायो'

सेतोपाटी

काठमाडौं

सबिना श्रेष्ठ

भनाइ नै छ– राम्रो जुत्ताले राम्रो गन्तव्य पुर्‍याउँछ। जुत्ताको सास्ती खेप्नु भएको छ भने, महत्त्व बुझ्नु भएकै होला।

काठमाडौं, पानीपोखरीस्थित 'दोचा' तपाईंका राम्रो गन्तव्यको राम्रो साथी बन्न सक्ला! झन् यो त 'नेपाली ब्रान्ड' पनि।

तिब्बत र नेपालका हिमाली भेगबासीले लगाउने जुत्ता हो दोचा। २९ वर्षीय वत्सल राजभण्डारी र डिकेस प्रजापतिले यही नामलाई आफ्नो जुत्ताको ब्रान्ड बनाएका छन्।

आफ्नो पहिचान, संस्कृति, समुदायप्रति मान्छे निकै सचेत छन्। जुत्ताले 'वाकिङ न्यारेटिभ' का रूपमा तिनका कथा बताउन सक्ला! त्यही सोचले 'दोचा' जन्मिएको उनीहरू बताउँछन्।

प्रकाशित मिति: : 2020-03-04 23:28:45

प्रतिकृया दिनुहोस्