ब्राजिलमा भीषण वर्षा र पहिरो, कम्तिमा २३ जनाले ज्यान गुमाए

एजेन्सी

काठमाडाैं

भीषण वर्षा र पहिरोका कारण ब्राजिलमा कम्तिमा २३ जनाको ज्यान गएको छ। अरु ३० जना बेपत्ता रहेका छन्।

ब्राजिलको साओ पाउलो र रियो दी जेनेरियोका तटीय क्षेत्रमा वर्षा तथा पहिरोले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

साओ पाउलो राज्यमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा एक आमा र उनको सन्तान तथा दुई उद्धारकर्मी पनि छन्।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।
 

प्रकाशित मिति: : 2020-03-04 22:15:47

प्रतिकृया दिनुहोस्