इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण बिस्तान हुन नदिन इरानले अस्थायी रुपमा कैदीलाई रिहा गरेको हो।
रिहा हुनेमा पाँच वर्ष भन्दा कम कैद सजाय पाएका कैदी रहेका छन्। कोरोनाको परीक्षण गर्दा संक्रमण नदेखिएपछि उनीहरुलाई जमानतमा रिहा गरिएको न्याय मन्त्रालयका प्रवक्ताले बताएका छन्।
पाँच वर्ष भन्दा बढीको जेल सजाय पाएका कैदीलाई भने रिहा गरिएको छैन। इरानमा अहिलेसम्म कोरोनाका कारण कम्तिमा ७७ जनाको मृत्यु भएको छ।
यस्तै अहिलेसम्म इरानमा २३ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर अहिलेसम्म ९० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
यस्तै अहिलेसम्म विश्वभर ३१ सय १० जनाको ज्यान गएको छ।