नेता जन्माउने स्कुल, भवनले गिज्याइरहेछ पूर्वविद्यार्थीलाई

रामकुमार शाही

तस्वीरमा देखिएको भवन विद्यालय भवन हो भन्दा तपाईंलाई पत्यार नलाग्ला। तर, यो विद्यालय भवन नै हो। जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरस्थित शिवशंकर माध्यामिक विद्यालयको। जहाँ कक्षा १ देखि १२ सम्म अध्ययन–अध्यापन भइरहेको छ। यो त्यही विद्यालय हो, जसका उत्पादन अहिले राज्य सञ्चालन र देशको प्रमुख पार्टी नेकपाको केन्द्रीय तहमा प्रतिनिधित्व गर्छन्। तर, छानो उडेको जीर्ण विद्यालय भवनले तिनै पूर्वविद्यार्थीहरूलाई गिज्याइरहेको छ। 

२०१७ सालमा स्थापना भएको विद्यालय २०५४ सालमा माविमा स्तरोन्नति भएको थियो। अहिले यहाँ करिब ८०० विद्यार्थी पढ्छन्। शिक्षक दरबन्दी पर्याप्त छ। 

तर, जोखिमपूर्ण मात्र होइन अपर्याप्त भौतिक संरचनाका कारण विद्यालयको पठनपाठनमा समस्या भइरहेको छ। गएको असारमा आएको हुरीले विद्यालयको छाना उडाएको थियो। जुन अहिलेसम्म पनि मर्मत गरिएको छैन। 

प्रकाशित मिति: : 2020-03-04 04:54:08

प्रतिकृया दिनुहोस्